राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता फागुनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 01:26:55 PM मा प्रकाशित

laxmi  sunrise bank

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । 

नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक बसेर प्रतियोगिता फागुनमा गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने,“नगरपालिकालाई खेलको माध्यामबाट विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ” ।

यसअघि नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ । बालसुधार माध्यामिक विद्यालय नयाँपाटीमा हुने प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ । 

प्रतियोगितामा भाग लिन चाहने विद्यार्थी तथा विद्यालयलाई फागुन १० गतेसम्म प्रवेश शुल्क र विद्यार्थी विवरण पेश गर्न नगरपालिकाले आह्वान गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved