आइसीसी बरियतामा नेपाली खेलाडीको छलांङ, पहिलो पटक टप ४० मा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 02:27:33 PM मा प्रकाशित

laxmi  sunrise bank

युएई बिरुद्दको टि २० शृंखला जितेपछि नेपाली खेलाडीहरुले आईसीसी बरियतामा छलांङ मारेका छन्  । आईसीसीले सार्बजनिक गरेको पछिल्लो बरियतामा कप्तान पारस खड्का पहिलो पटक उत्कृष्ट ४० भित्र पर्न सफल भएका छन्  । कप्तान खड्का अलराउण्डरको सुचिमा ३९ औ स्थानमा पर्न सफल भएका हुन्  । खड्काले ७६ रेटिंग पोइन्ट पाएका छन्, जुन उनको करियर कै उच्च हो  । ब्याटिंग तर्फपनि उनी ५ स्थान माथि उक्लदै ९० औ स्थानमा पुगेका छन्। यो पनि उनको करियर कै उच्च हो  । 

बलिंगतर्फ सोमपाल कामी २२ स्थान माथि उक्लदै ७० औ स्थानमा पुगेका छन्। उनको पोइन्ट ४०९ पुगेको छ जुन उनको करियर कै उच्च हो  । बसन्त रेग्मी पनि समान पोइन्टका साथ ७१ औ स्थानमा छन   । त्यस्तै सन्दिप लामिछाने पनि ३६ स्थान माथि उक्लिएका छन् । 

अलराउन्डरको सुचीमा सोमपाल ५१ औ स्थानमा पुगेका छन्  । 

शृंखला जितेपछि आईसीसी बरियतामा नेपालको छलाङ, ४ देशलाई पछाडी पार्यो


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved