भारतविरुद्ध महिला फूटबलमा नेपालको ऐतिहासिक जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 10:19:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उडिसामा भइरहेको फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला फूटबल टोलीले भारतबिरुद्द जित हात पारेको छ। आज भएको खेलमा नेपालले भारतलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो। 

नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्। हिराकुमारी भुजेलको लामो पासमा उनले उक्त गोल गरेकी थिइन्। पहिलो गोलको दुई मिनेट नबित्दै सावित्राले अर्को गोल थपिन्।    

महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको यो पहिलो अवसर हो।इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved