पारस  खड्का र सुबाष खकुरेलको अर्धशतकको बाबजुद नेपाली टोली १७ रनले पराजित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2016 | 01:26:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा भएको च्यारिटी क्रिकेटमा नेपाली टोली गोर्खाली राइनोज पराजित भएको छ  । आज भएको खेलमा गोर्खाली राइनोज पञ्जाव लाइन्ससँग १७ रनले पराजित भएको हो  । टस जितेर पहिले ब्याटिंग गरेको पञ्जाव लाइन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ७८ रन जोड्यो ।  

१ सय ७९ रनको लक्ष्य लिएर मैदान उत्रेको गोर्खाली राइनोज निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६१ रनमा समेटियो । गोर्खाली राइनोजको लागि कप्तान पारस खड्काले सर्बाधिक ६१ रन जोडे भने सुबाष खकुरेलले ५५ रन जोडे । शरद भेषवाकरले १२ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बटुल्न नसक्दा नेपाली टोलीले हार बेहोरेको हो । 

 च्यारिटी खेल नेपाली सोसाइटी फर टेक्सस अमेरिकाको आयोजनामा भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ८ खेलाडी यति बेला टु टेन  क्रिकेट युएस कप खेल्न   अमेरिकामा छन् ।  प्रतियोगिताका लागि कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी, सिद्धान्त लोहनीले अमेरिकामा छन् । उनीहरुले नेपाली राइनोज क्रिकेट क्लबबाट टु टेन  क्रिकेट युएस कप खेल्नेछन् ।

टोलीमा बाँकी खेलाडी भनेअमेरिका बस्दै आएका नेपाली खेलाडी रहनेछन् । प्रतियोगिता नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुनेछ । 

यो पनि : कसरी खेलिन्छ टु टेन क्रिकेट ? 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved