सन्दीपले पाकिस्तान सुपर लिगको तीन खेल गुमाउने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 03:11:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्दिप लामिछानेले पाकिस्तान सुपरको लिगको सुरुवाती खेलहरु गुमाउने भएका छन् । पाकिस्तान सुपर लिग आगामी फागुन २ गतेदेखि सुरु हुदैछ  । तर हाल सन्दिप बिग व्यास लिगमा मेलबर्न स्टार्ससंग आवद्द छन् । स्टार्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ  । स्टार्सको आगामी खेल आगामी बिहिबार हुदै छ ।  त्यो खेल पनि जित्दै टोली फाइनलमा पुगेको खण्डमा सन्दिप फागुन ५ गते हुने फाइनल खेल पछि मात्र पाकिस्तान सुपर लिगको लागि जाने छन् । 

यदि टोली फाइनल पुग्न नसके उनी बिहिबारको खेलपछि सुपर लिगको लागि जाने छन् । स्टार्स फाइनलमा पुगे सन्दिपले सुपर लिगको ३ खेल गुमाउने छन्। फाइनलमा नपुगे उनले १ खेल मात्र गुमाउने छन् । सन्दिप सुपर लिग प्रतियोगितामा लाहोर क्वालान्दर्स टिममा आवद्द छन् । टोलीले सन्दिपलाई गोल्ड श्रेणीमा अनुबन्ध गरेकाे थियाे । त्याे श्रेणीमा रहेका खेलाडीको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ । 

डबल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved