रंगशाला निर्माणको लागि मलेशियाबाट उठ्यो ३५ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 08:01:21 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस सुन्तली फाउन्डेसनले  चितवनमा निर्माण गर्ने गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि मलेशियाबाट ३५ लाख ७१ हजार सहयोग संकलन गरेको छ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा फाउन्डेसनले मलेशियाको विभिन्न स्थानमा मनोरञ्जनात्मक कार्यक्रम गरेको थियो  ।  

 माघ २२ गते मंगलबार क्वालालाम्पुर, २३ गते बुधबार पेनाङ र २७ गते आतबार जोहोरबारुमा भएको कार्यक्रमबाट धुर्मुस सुन्तलीले उक्त रकम उठेको फाउन्डेसनले जनाएको हो  । कार्यक्रम स्थलबाट नेपाली २० लाख ७१ हजार र आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु. १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको हो  ।  

कार्यक्रममा धुर्मुस सुन्तलीसँगै  लोकदोहोरी गायक बद्री पंगेनी, सम्झना भण्डारी, गायिका मेलिना राईको प्रस्तुती रहेको थियो । चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले विभिन्न देशमा कार्यक्रम गर्दै आएका छन् । 

 गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रगशाला निर्माण घोषणा, 'पहिलो खेल भारत र पाकिस्तानको'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved