म्यानचेस्टर युनाईटेड र लिभरपुलको शानदार जित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2016 | 09:01:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको खेलहरुमा म्यानचेस्टर युनाईटेड र लिभरपुलले शानदार जित हात पारेका छन् ।

संघर्षरत म्यानचेस्टर युनाईटेडले स्वान्सी सिटीलाई ३-१ ले पराजित गर्यो । युनाईटेडको जितमा इब्राहिमोविचले दुई तथा पउल पोग्बाले एक गोल गरे । पोग्बाले १५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । २१ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै अग्रता दोब्बर पारे । ३३ औं मिनेटमा इब्राहिमोविचको व्यक्तिगत दोस्रो गोलपछि युनाईटेड ३-० ले अघि भयो ।  स्वान्सीका लागि ६९ औं मिनेटमा भान डेर होर्नले सान्त्वना गोल गरे ।

जितपछि  १८ अंक सहित युनाइटेड छैटौं स्थानमा पुगेको छ । ११ खेलबाट पाँच अंक जोडेको स्वान्सी सिटी पुछारबाट दोस्रो स्थानमा छ ।

हिजो नै भएको अर्को खेलमा  लिभरपुलले वाट्फोर्डलाई ६–१ ले पराजित गरेको छ  ।  लिभरपुललाई जिताउन साडियो मानेले दुई तथा फिलिप कोन्टिन्हो, एमरी क्यान, रोबर्टो फिरमिनो र जर्जिनियो विनाल्डमले एक एक गोल  गरे । वाट्फोर्डका डेरिल यानमाटले एक गोल फर्काए । २७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यस्तै l३० औं मिनेटमा कोन्टिन्होले र ४३ औं मिनेटमा क्यानले गोल गर्दै  पहिलो हाफमा लिभरपुललाई  ३–० को अग्रता दिलाए।

दोस्रो हाफको ५७ औं मिनेटमा फिरमिनो , ६० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको अग्रता ५–० भयो । ७५ औं मिनेटमा वाट्फोर्डका यानमाटले एक गोल फर्काए । इन्जुरी समयमा विनाल्डमले गोल गरेपछि लिभरपुल ६–१ ले विजयी भयो ।

जितसंगै  लिभरपुल शिर्ष स्थानमा पुगेको छ । लिभरपुलको ११ खेलबाट २६ अंक भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved