नेपाल फाइनलमा प्रवेश, भारत बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 09:06:41 AM मा प्रकाशित

laxmi  sunrise bank

हिरो गोल्डकपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल महिला टोलीले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको हो । नेपालका लागि सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन् । सावित्राले खेलको ५९औँ तथा ८९औँ मिनेटमा गोल गरिन् । यस्तै अनिताले खेलको ४१औँ मिनेटमा गोल गरेकी थिइन् । जीतसँगै ६ अङ्क जोड्दै नेपाल फाइनल पुगेको छ । सावित्राले भारतविरुद्धको खेलमा समेत दुई गोल गरेकी थिइन् । हारसँगै इरान प्रतियोगिताबाट बाहिरिएको छ । 


अर्को खेलमा म्यानमारले भारतलाई पराजित गरेपछि नेपाल प्रतियोगिताको फाइनल पुगेको छ । भारतले जितेमा गोल अन्तरका आधारमा फाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने थियो । तर भारत पराजित भएपछि नेपाल फाइनलमा पुगेको हो । 

नेपाल पहिलो खेलमा म्यान्मासँंग ३–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतविरुद्ध २–१ को जीत निकालेको थियो ।  प्रतियोगितामा आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी छन् । अब उपाधिका लागि नेपालले शुक्रबार म्यानमारविरूद्ध खेल्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved