बिग ब्यास लिगको फाइनल जित्न स्टार्सलाई १४६ रनको लक्ष्य, सन्दिपको कसिलो बलिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 11:13:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बिग ब्यास लिगको उपाधिको लागि अहिले नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्द मेलबर्न स्टार्स र मेलबर्न रेनिगेड्स भिडिरहेका छन् । 

टस हारेर ब्याटिंग गरेको रेनेगेड्सले स्टार्सलाई १४६ रनको बिजयी लक्ष्य दिएको छ  । रेनेगेड्सले २० ओभरमा ५ विकेटको क्षतिमा १४५ रन जोडेको हो  । खेलमा स्टार्सले कसिलो बलिंग गरेको छ ।   जसमा सन्दिपले ४ ओभर बलिंग गर्दै केवल १६ रन खर्च गरेका छन् । यद्यपि उनले विकेट भने लिन सकेनन । सन्दिपले आफ्नो पहिलो ओभरमा २ रन, दोस्रोमा ६ रन, तेस्रोमा ३ रन र चौथोमा ६ रन खर्चेका हुन् । यसमा लेग बाईको रुपमा १ अतिरिक्त रन पनि समाबेश थियो  ।   

यस संगै प्रतियोगितामा सन्दिपले ८ खेलबाट ११ विकेट लिएका छन्  । सन्दिपले यसै सिजन बिग व्यासमा डेब्यु गरेका हुन्  । डेब्यु प्रतियोगितामै सन्दिपले फाइनल खेल्ने अवसर पाएका हुन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved