पाकिस्तान सुपर लिग खेल्न दुबई पुगे सन्दिप, पहिलो खेल शुक्रबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 05:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियामा बिग ब्यास लिग सकेर सन्दिप लामिछानेले दुबई पुगेका छन्  ।  युएईमा जारी पाकिस्तान सुपर लिग खेल्न उनी दुबई पुगेका हुन् ।  लिग फागुन २ गतेदेखि सुरु भईसकेको छ  । तर बिग ब्यास लिगमा सन्दिपको टिम फाइनलमा पुगेकाले उनी फाइनल सकेर मात्र दुबई पुगेका हुन् । बिग व्यास लिगमा सन्दिप आवद्द मेलबर्न स्टार्स उप बिजेता बनेको थियो   ।

पाकिस्तान सुपर लिगमा सन्दिप लाहोर क्वालान्दर्स टिममा आवद्द छन् । टोलीले सन्दिपलाई गोल्ड श्रेणीमा अनुबन्ध गरेकाे थियाे । त्याे श्रेणीमा रहेका खेलाडीको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ । 

प्रतियोगितामा सन्दिपको टिमले ३ खेल खेली सकेको छ । जस मध्ये १ मा जित र २ मा हार बेहोर्दै टोली अंक तालिकाको पुच्छरमा छ  । टोलीको अर्को खेल आगामी शुक्रबार हुदैछ  । यद्यपि खेलमा सन्दिपले अवसर पाउछन् वा पाउदैनन त्यो भने हेर्न बाँकि छ  । तर उनले गरेको पछिल्लो प्रदर्शनको आधारमा उनी टिममा पर्ने संभवाना बलियो छ  । सन्दिपले सुरुवाती ११ मा अवसर पाए प्रतियोगितामा त्यो उनको डेब्यु खेल हुनेछ  ।

डबल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा ६ टिमको सहभागिता  छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved