सन्दिपलाई आईपीएलमा प्रतिबन्ध लगाउन भारतीय क्रिकेट समर्थकको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 01:44:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मार्च महिनादेखि सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएलमा सन्दिप लामिछाने सहितका खेलाडीलाई प्रतिबन्ध लगाउनको लागि आवाज उठेको छ । सामाजिक संजालमा भरतीय क्रिकेट समर्थकहरुले पाकिस्तान प्रिमियर लिग खेल्ने खेलाडीलाई आईपीएलमा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

जम्मु कश्मिरको पुलावामामा भएको आतंकवादी आक्रमणपछि आक्रोशित बनेका भारतीय समर्थकहरुले यस्तो माग राखेका हुन्। पाकिस्तानस्थित ईश्लामिक समूह जैश-ए-मोहम्मदले गराएको उक्त आक्रमणमा ४० भन्दा  भारतीय सैनिकको मृत्यु बह्येको थियो । यसैको बिरोधमा समर्थकहरुले भारतीय क्रिकेट बोर्डलाई पाकिस्तान सुपर लिग खेल्ने खेलाडीलाई आईपीएलमा प्रतिबन्ध लगाउन सामाजिक सनाजल मार्फत दबाब दिएका हुन् । उनीहरुले आइपिएल खेल्ने भए पीएसएलबाट आफ्नो नाम फिर्ता लिन पनि आग्रह गरेका छन् ।  

पीएसएलमा अहिले खेलिरहेका  केहि खेलाडीहरु आईपीएलमा पनि आवद्द छन् ।आईपीएलका सुपर स्टार खेलाडीहरु एबी डिभिलियर्स, आन्द्रे रसेल, किरन पोलार्ड लगायतका खेलाडी छन् । नेपाली खेलाडी सन्दिप लामिछाने पनि पिएसएलमा छन् ।  सन्दिप लाहोर कलन्दर्समा आबद्ध छन् ।  सोहि टिममा एबी डिभिलियर्स पनि छन् । सन्दिप हालै बिग व्यास लिग सकेर पीएसएल खेल्न गएका हुन् । उनको टोलीले ३ खेल खेलेपनि सन्दिपले ढिलो पुगेकाले खेल खेल्न पाएका छैनन् । आगामी शुक्रबार हुने खेलमा सन्दिपले खेल्ने सम्भावना छ ।  

आईपीएलमा भने सन्दिप दिल्ली क्यापिटल टिममा रहेका छन् ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved