च्याम्पियन्स लिग : एट्लेटिको मड्रिडसँग रोनाल्डो आवद्द युभेन्टस पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 08:53:46 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग अन्तर्गत बिहिबार सवेरै भएको खेलमा स्टार खेलाडी रोनाल्डो आवद्द इटालियन क्लब युभेन्टस पराजित भएको छ ।प्रिक्वार्टरफाइनलको पहिलो लेगमा  एट्लेटिको मड्रिडले युभेन्टसलाई दूई–शून्य गोल अन्तरले पराजित भएको छ । 

पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा  जोस जिमिनेज ७८ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए  ।  ८३ औं मिनेटमा डिएगो गोडिनले  गोल गर्दै एट्लेटिकोले अग्रता दोब्बर पारे । त्यसपछि कुनै गोल नभएपछि एट्लेटिकोले महत्वपूर्ण जित निकालेको हो । ७१ औं मिनेटमा युभेन्टसले गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले त्यसलाई मान्यता दिएका थिएनन ।

खेलमा रोनाल्डोले एक दर्जनजति प्रहार गरे पनि गोल गर्न सकेनन् ।  

च्याम्पियन्स लिगको यात्रा कायम राख्न युभेन्टसले दोस्रो लेग ३ वा सो भन्दा बढी गोल अन्तरले जित्नु पर्ने छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved