काठमाडौंद्वारा डिपिएल बहिस्कार, महेन्द्रनगर स्वत फाइनल प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2019 | 02:30:40 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं गोल्डेन्सले धनगढी  प्रिमियर लिगको दोस्रो क्वालिफायर खेल बहिस्कार गरेको छ  । आफ्ना महत्वपूर्ण खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएपछि बिरोध स्वरुप टोलीले प्रतियोगिता बहिस्कार गरेको हो । डिपीएलको टेक्निकल कमिटिले  दबासको बलिंग शैली नियम बिपरित भएको भन्दै बलिंग गर्न प्रतिबन्ध लगाएका थियो ।

आज काठमाडौँ र महेन्द्रनगर युनाइटेडबीच खेल हुनु पर्ने थियो । तर मैदानमा काठमाडौँका खेलाडी नै नआएपछि महेन्द्रनगर युनाइटेडले वाल्क ओभर पाउदै फाइनल प्रवेश गरेको छ ।अब  फाइनल खेलमा शनिबार महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ । गोल्डेन्स प्रतियोगिताको पहिलो क्वालीफायरमा सीवाईसी अत्तरियासँग पराजित भएपछि फाइनल प्रवेशको लागि एलिमिनेटर को बिजेता महेन्द्रनगर युनाईटेडसँग आज खेल्ने तालिका रहेको थियो ।

डिपिएलमा काठमाडौँको लागि दबासले ५ खेलमा ६ विकेट लिएका थिए । ५ खेलमा कुल २० ओभर बलिङ गरेका उनले ३.८५ प्रतिओभर रन खर्चेका थिए । ब्याटिङ तर्फ दबासले ५ खेलमा १ अर्धशतक सहित कुल १५३ रन बनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved