पाकिस्तान सुपर लिगमा सन्दिपको उत्कृष्ट प्रदशन, डेब्यु खेलमै तीन विकेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2019 | 08:00:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सन्दीप लामिछानेले दुबईमा सुरु भएको पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यु खेलमै तीन विकेट लिन सफल भएका छन। लाहोर कलान्दर्सबाट डेब्यु बलिङ गर्दै नेपाली युवा स्पिनर सन्दीपले विस्फोटक ब्याट्सम्यान मुल्तान सुल्तान्सका तीन विकेट लिन सफल भएका हुन् । 

सन्दिपले धेरै रन खर्चिएपनि विकेट लिन सफल भए। ३.३ ओभर बलिङका क्रममा सन्दीपले १२.८५ इकोनोमी राख्दै ४५ रन खर्चिएका थिए । ४१ बलमा ८४ रन बनाएका मुल्तानका जेम्स भिन्सलाई सन्दीपले आफ्नो र टिमकै पहिलो विकेटका रुपमा फखर जमानको हातबाट क्याच आउट गराए। 

त्यसपछि तेस्रो क्रममा आएका मुल्तानका क्याप्टेन सोयब मल्लिकलाई ८ बलमा १० रन बनाएको अवस्थामा क्याच आउट गराए । लगत्तै सन्दीपले ६ बलमा ७ रन बनाएको अवस्थामा आन्द्रे रसेललाई पेभेलियन फर्काए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved