इतिहास रच्दै नेपाली क्रिकेट समर्थक समाजले साधारण सभाको आयोजना गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 08, 2016 | 11:10:20 AM मा प्रकाशित

laxmi  sunrise bank

इतिहास रच्दै क्रिकेटप्रेमी हरुको 'फ्यान' संस्था 'नेपाली क्रिकेट समर्थक समाज'ले आफ्नो पहिलो बार्षिक साधारण सभा गर्ने भएको छ  । समाजले यहि  कार्तिक २७ गते काठमाडौँमा साधारण सभा गर्न लागेको जानकारी दिएको हो । 

 साधारण सभाले आगामी बर्षको निति तथा कार्ययोजना पारीत गर्ने र नयाँ कार्यसमिती चयन गर्ने समाजका अध्यक्ष भानु सिग्देलले बताए । उनले यो इतिहास मै अनौठो घटना भएको बताउदै समाजमा एकताबद्ध भएर नेपाली क्रिकेटलाई संस्थागत योगदान गर्न समेतअपिल गरे  । 

देशमा सयौ संस्थाहरु गुप चुप चलेको बताउदै सिग्देलले आफुहरु हरेक कोणबाट पारदर्शी रहेको र आफ्नो एक मात्र उदेश्य क्रिकेटको  प्रबद्धन गर्नु रहेको बताए ।  यसरी एउटा 'फ्यान' संस्थाले साधारण सभा गरेर आफुलेहरु इतिहास रच्न लागेको उनी बताउछन्  ।  उनले सबै समर्थकहरुलाई आफ्ना महत्वपूर्ण सुझाव दिएर सहयोग गर्न समेत आग्रह गरेका छन् । 

साधारसभामा उपस्थित हुन् आउने सदस्यहरुलाई १ महिना अघि नै पत्राचार गरी सकिएको आयोजकले जनाएको छ ।  

 

के हो नेपाली क्रिकेट समर्थक समाज ?  

क्रिकेट समर्थक समाज खेलकुदमार्फत समाज रुपान्तरण गर्न तथा युवा एकतालाई आत्मसाथ गर्दै लोकप्रिय खेल क्रिकेटको बिकास एबम बिस्तार तथा समग्र नेपाली क्रिकेट समर्थकहरुलाई एकत्रित गर्ने र् नेपाली क्रिकेट समर्थकहरुको साझा संस्थाको रुपमा आफुलाई स्थापित गर्दै लैजाने उद्देस्यले क्रिकेट एसोसियसन अफ नेपाल र् राष्ट्रिय खेलकुद परिषदको अनुमतीमा ' जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ' मा आधिकारिक रुपमा नेपाल अधिराज्यभर कार्यक्षेत्र रहनेगरी स्थापित भएको एक गैर-नाफामुलक ,गैर-राजनैतीक तथा जनहितकारी क्रिकेट समर्थकहरुको संस्था हो ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved