खेल जीवन कै उत्कृष्ट बलिंङ गरेका सन्दिप म्यान अफ द म्याच, लाहोरको शानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 09:14:16 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तान सुपर लिगमा  सन्दिप लामिछाने आवद्द लाहोर कालान्दरले तेस्रो जित निकालेको छ ।   क्वेटा ग्ल्याडियटरलाई ८ विकेटले पराजित गर्दै टोलीले तेस्रो जित निकालेको हो । 

टस जितेर बलिंग गरेको लाहोरले क्वेटालाई १०६ रन मै समेट्न सफल भएको थियो । टिमलाई सस्तोमा समेट्न सन्दिपले  ४ ओभरमा केवल १० रन खर्चेर ४ विकेट लिए  । यो उनको टि २० क्रिकेट जीवन कै उत्कृष्ट प्रदर्शन हो  ।  सन्दिपको कसिलो बलिंगको मद्दतमा क्वेटा १९.१ ओभर मै अल आउट भयो  । 

१०७ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको लाहोरले २ विकेटको क्षतिमा १६.३ ओभर मै लक्ष्य भेट्टायो  । सन्दिप खेलको म्यान अफ द म्याच समेत भएका छन्  । 

जित संगै लाहोरको ६ खेलबाट ६ अंक भएको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved