रियललाई घरेलु मैदानमा हराउँदै बार्सिलोना ‘कोपा डेल रे’को फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2019 | 10:05:54 AM मा प्रकाशित

laxmi  sunrise bank

रियल मड्रिडलाइ उसकै घरेलु मैदानमा हराउँदै बार्सिलोना कोपा डेल रेको फाइलनमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले रियललाई तीन शून्यले हराएको हो । बार्सिलोना समग्रमा चार एकको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

यसअघि बार्सिलोनाको मैदानमा भएको पहिलो लेग एक एक गोलको बराबरीमा सकिएको थियो । घरेलु दर्शकमाझ रियल तीन शून्यले पराजित भएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५० औं मिनेटमा डिम्बेलेको पासमा लुइस स्वारेले पहिलो गोल गरे । त्यसपछि ६९ औं मिनेटमा रियलका भारानेले आफ्नै पोष्टमा गोल गरेपछि उपहार गोल मार्फत बार्सिलोनाले अग्रता दोब्बर बनायो । खेलको ७३ औं मिनेटमा फेरि स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

अब उपाधिका लागि बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको बिजेतासँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved