कोपा डेल रेः बार्सिलोना र भ्यालेन्सियाबीच उपाधि भिडन्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 05:24:30 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुने भएको छ । भ्यालेन्सियाले सेमिफाइनलको दोस्रो लेगमा रियल बेटिसलाई १–० ले पराजित गरेसँगै बार्सिलोनासँगको भेट पक्का गरेको हो ।

बार्सिलोना भने सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३–० ले पराजित गर्दै यसअघि नै फाइनलमा पुगिसकेको छ । फाइनलमा उपाधिका लागि बार्सिलोनाले भ्यालेन्सियासँग मे २५ मा प्रतिस्पर्धा गर्दैछ ।

कोपा डे रे फुटबलमा बार्सिलोना सर्वाधिक सफल टिम हो । बार्सिलोनाले अहिलेसम्म ३० पटक उपाधि उचाली सकेको छ भने भ्यालेन्सियाले भने अहिलेसम्म सात पटक जितेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved