उत्कृष्ट क्रिकेट खेलाडीको मनोनयन सार्वजनिक, को को परे हेर्नुहोस्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2019 | 03:31:05 PM मा प्रकाशित

laxmi  sunrise bank

क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा हुने पहिलो सीप्यान क्रिकेट अवार्ड २०१९ का लागि आइतबार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको मनोनयनमा वर्ष क्रिकेट खेलाडी पुरुष, बर्ष क्रिकेट खेलाडी महिला र १९ वर्ष उदीयमान क्रिकेट खेलाडी विधामा ५(५ जनाको नाम सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको मनोनयनमा बर्ष क्रिकेट खेलाडीतर्फको मनोनयनमा दीपेन्द्र सिंह ऐरी, करण केसी, पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी परेका छन् । त्यस्तै वर्ष क्रिकेट खेलाडी महिलाको मनोनयनमा इन्दु शर्मा, करुणा भण्डारी, सविना श्रेष्ठ, सरिता मगर र सीता रानामगर रहेका छन् ।

त्यस्तै उदीयमान खेलाडीको मनोनयनमा अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा रहेका छन् । आयोजक क्रिकेट संघका अनुसार बर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रहेको छ भने बर्ष क्रिकेट खेलाडी महिला र उदीयमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा, महिला टिमका प्रशिक्षक विनोद दास, अम्पायर विनयकुमार झा र दुर्गानाथ सुवेदी तथा खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागाई र टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी रहेको एक प्राविधिकको छनौट समितिले तीन विधाका ५(५ खेलाडीको मनोनयन गरेको हो ।

प्रत्येक विधाको विजयी खेलाडीलाई फागुन २१ गते आयोजित समारोहमा घोषणा गरिने क्रिकेट खेलाडी संघले जनाएको छ । सिप्यान क्रिकेट अवार्डका लागि मोमेन्ट अफ दि इयर विधाका लागि क्रिकेटका १० उत्कृष्ट क्षणको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्डको घोषणा भने फागुन २१ गते आयोजित समारोहमा नै हुने आयोजक क्रिकेट खेलाडी संघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved