म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, पीएसजी स्तब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 09:08:09 AM मा प्रकाशित

laxmi  sunrise bank

म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेनलाई तीन–एकले हराउँदै युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो लेगको खेलमा युनाईटेडले  पेरिस सेन्ट जर्मेनलाई तीन–एकले हरा पराजित गरेको हो । पहिलो लेगमा युनाईटेड २-० गोल अन्तरले पराजित भएको थियो  । तर दोस्रो लेग ३-१ ले जितेपछि समग्रको खेल ३-३ को बराबर भएको हो  । तर अवे गोल युनाइटेडको धेरै बह्येकोले युनाइटेड अर्को चरण प्रवेश गरेको हो  ।

पहिलो लेग हारेको युनाइटेडले पीएसजीको घरेलु मैदानमा दोस्रो लेगमा उत्कृष्ट कमब्याक गरेको हो । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे । खेलको दोस्रो मिनेटमा नै लुकाकुले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि १२ औं मिनेटमा बेरनाटले पीएसजीका लागि गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । तर ३० औं मिनेटमा फेरी लुकाकुले युनाइटेडलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडका लागि मार्कुस सारफोर्डले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई तीन एकको जित दिलाए । इन्जुरी समयमा युनाइटेडले भार प्रणालीबाट पेनाल्टी पाएको थियो ।   

अर्को खेलमा रोमालाई हराउँदै पोर्टो पनि क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगमा भिडियो एसिस्टेन्ट रेफ्रिको सहायताले पोर्टोले रोमालाई समग्रमा चार तीन गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved