विश्वकप पछि पहिलो पटक मेस्सी राष्ट्रिय टिममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2019 | 12:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अजेन्टिनी स्टार लियोनल मेस्सी विश्वकप २०१८ पछि पहिलोपटक राष्ट्रिय टिममा फर्किएका छन् । उनी भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक ३१ खेलाडीको सूचीमा पर्न सफल भएका हुन् । अर्जेन्टिनाले मेस्सी बिना नै ६ वटा मैत्रीपूर्ण अन्तराष्ट्रिय खेल खेलिसकेको छ ।

रसियामा भएको विश्वकप २०१८ को प्रिक्वाटरफाइनल खेलमा फ्रान्ससँगको खेलपछि मेस्सी अहिलेसम्म राष्ट्रिय टिममा थिएनन् । ३१ वर्षीय मेस्सीले १२८ खेलमा देशका लागि ६५ गोल गर्दै कीर्तिमानी रेकर्ड राखेका छन् ।

भेनेजुएला र मोरक्कोविरुद्धको खेलमा एन्जेलो डी मारिया पनि प्रारम्भिक सूचीमा परेका छन् । उनी पनि विश्वकपपछि पहिलोपटक टिममा परेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved