स्पेनिस लिगमा बार्साद्धारा भायकानो पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2019 | 12:37:23 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रायो भायकानोलाई पराजत गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना ३–१ ले विजयी भएको हो । बार्साका लागि जेरार्ड पिके, लियोनल मेस्सी र लुईस सुवारेजले एक–एक गोल गरे ।

ला लिगा फुटबलकै अर्को खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १–० ले हराउँदा गेटाफेले हुएस्कामथि २–१ को जित निकालेको छ । गयरातीकै अर्को खेलमा डेपोर्टिभो आलाभेज र आईबारले १–१ गोलको बराबरी खेलेका छन् । ला लिगा फुटबलमा आज राति रियाल मड्रिडले रियाल भालाडोलिडसँग खेल्नेछ ।

गएरातिका खेलपछि स्पेनिस लिग फुटबलमा २७ खेलबाट ६३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ४८ अंकका साथ तेस्रो स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved