पाकिस्तान सुपर लिगमा सन्दिपको टिम समुह चरणबाटै बाहिरियो, आज अन्तिम खेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2019 | 01:25:19 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तान सुपर लिगको अघिल्लो चरणमा पुग्ने ४ वटै टोलीको टुंगो लागेको छ । अन्तिम २ खेल अगावै दोस्रो चरण पुग्ने ४ टोलीको टुंगो लागेको हो । लिगमा क्वेटा ग्ल्याडियटर , पेशावर जल्मी, इस्लामावाद युनाइटेड र कराँची किंग्स अघिल्लो चरण प्रवेश गरेका हुन् । कराँची र पेशावरले एक आपसमा एक खेल  खेल्न बाँकि रहेको छ । त्यो खेल आज हुनेछ । 

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्द लाहोर कलन्दर्स भने एक खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार बेलुका भएको खेलमा कराँची किंग्सले क्वेटा ग्याडियटर्सलाई १ रनले पराजित गरेपछि लाहोरको अघिल्लो चरणको सम्भावना सकिएको हो ।   १ सय ९१ रनको लक्ष्य पक्ष्याएको क्वेटा ग्याडियटर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८९ रन बनाएपछि कराँची प्ले अफमा पुग्दा लाहोर बाहिरिएको हो । 

अब लाहोरले आज  अन्तिम खेल मुल्तान सुल्तानसँग खेल्दै छ । यी दुवै अंक तालिकामा पुच्छरका २ टोली हुन  ।  दुबै टोली समुह चरणबाटै बाहिरि सकेको अवस्थामा दुवैलाई आजको खेल प्रतिष्ठाको लडाईंमात्र हुने छ ।

सन्दीपले जारी पिएसएलमा ६ खेलमा ११ विकेट लिएका छन्। पिएसएल अघि सन्दिपले बिग ब्यास लिग खेलेका थिए  ।  जसमा उनको टिम उपविजेता भएको थियो   ।   सकिएपछि सन्दिप आईपीएल खेल्न दिल्ली जाने छन् । आइपिएल मार्च २३ देखि सुरु हुदैछ  ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved