युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश, रोनाल्डोको ह्याट्रिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 08:59:21 AM मा प्रकाशित

laxmi  sunrise bank

युभेन्टस  च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा  एट्लेटिको मड्रिडलाई  ३-० ले पराजित  गर्दै युभेन्टसले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा एट्लेटिकोले २-० गोलको अग्रता लिएको थियो । तर दोस्रो लेगमा त्यसलाई उल्ट्याउदै युभेन्टसले ३ गोल गरेपछि समग्रमा ३-२ गोल अन्तरले एट्लेटिकोलाई पराजित गरेको हो । 

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरे  । खेलको २७ औं मिनेटमा रोनाल्डोले हेडर गोलमार्फत टिमका लागि पहिलो गोल गरे । पहिलो हाफमा एक गोलमात्र गरेको युभेन्टसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । ४८ औं मिनेटमा पुनः रोनाल्डोले नै युभेन्टसका लागि गोल गर्दै खेल २–० को अवस्थामा पुर्याए । जसका कारण खेल समग्रमा २–२ का अवस्थामा पुग्यो । ८५ औं मिनेटमा फेडेरिको बर्नाडेस्कीमाथि डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई रोनाल्डोले नै गोल गर्दै ह्याट्रिक पूरा गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved