च्याम्पियन्स लिगः बार्सा भर्सेज लियोन र लिभरपुल भर्सेज बायर्न म्युनिख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 01:44:04 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राति प्रिक्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । राति पौने दुई बजे हुने खेलमा स्पेनिस लिग लिडर बार्सिलोना फ्रेन्च क्लब ओलम्पिक लियोनसँग खेल्दैछ भने इंग्लिस क्लब लिभरपुल जर्मनको बायर्न म्युनिखसँग खेल्दैछ ।

यी दुबै खेलका पहिलो लेग गोलरहित बराबरीमा सकिएका थिए । त्यसैले आज भिड्ने सबै टिमलाई क्वार्टरफाइनलमा पुग्न जित्नै पर्ने दबाब छ ।
बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा आजको खेल अ‍ेल्दैछ । लियोनसँग पहिलो लेगमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले खेलको सबै चार खेल जितेको छ ।

सन् २०१३ मा बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि बार्सिलोनाले घरेलु मैदानमा च्याम्पियन्स लिगको कुनै पनि खेल हारेको छैन । घरेलु मैदानमा २६ खेल खेलेको बार्सिलोनाले २३ मा जित र तीनमा बराबरीको नतिजा निकालेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved