कतार बिश्वकपमा ४८ टिम खेलाउने चर्चा, यस्तो हुनेछ प्रतियोगिताको फर्म्याट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2019 | 06:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ मा कतारमा हुने विषकप् फुटबल प्रतियोगितमा सहभागी संख्या ३२ बाट बढाएर ४८ पुर्याउने सन्दर्भमा आगामी जुनमा टुङगो लगाउने बताएको छ । गत साता मिआमीमा भएको फिफा काउन्सिलको बैठकले संख्या बढाउन सकिनेबारे छलफल गरेको हो । फिफाको कार्यकारी प्रमुख गिअनी इन्फ्याटिनोले केहि सर्तहरु पुरा हुने अवस्था आएमा सहभागी संख्या अध्ययन गरेर बढाउन सकिने बताएका छन् । उनले कतारको छिमेकी राष्ट्रहरु सँग कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बिषयमा कतार र फिफाले एकदमै नजिक रहेर छलफल गरिरहेका बताए । उनले भने ' सह आयोजकको रुपमा अरु केहि राष्ट्रले कतारलै सघाएमा ४८ टिमको विश्वकप सम्भव छ, यसका लागि हामि छलफल गरेर छिट्टै टुंगो लगाउने छौ' । आगामी जुनमा हुने फिफा कंग्रेसले यस बिषयमा अन्तिम निर्णय गर्ने छ।

कतारका केहि छिमेक देशले केहि खेल आयोजना गरिदिउन भन्ने फिफाको चाहना छ । तर २०१७ मा भएको नाकाबन्दीका कारण साउदि अरब, बहराइन, दुबइ र इजिप्टको कुटनितिक सम्बन्ध बिग्रेको कारण सहयोग गर्ने सम्भाबना कम देखिन्छ । कुवेत र ओमनलाई सम्भावित सह आयोजकको रुपमा हेरिएको छ ।

यदि आगामी जुनमा हुने फिफा कंग्रेसले ४८ टिमलाई नै सहभागी गराउने निर्णय गरे बिश्वकपको संरचनामा केहि फेर बादल हुनेछ । त्यसो भएमा ४८ टिमलाइ १६ वटा ग्रुपमा बिभाजन गरिनेछ । यउटा ग्रुपमा ३ वटा टिम रहनेछन । १६ वटा ग्रुपबाट बिजेता र उप बिजेता गरी २-२ टिम अर्को चरणमा पुग्ने छन् । यसरी ३२ टिम नक आउट चरणमा पुग्ने छन् भने बाँकि १६ टिम २ वटा खेल खेलेर घर फर्कनेछन ।

 ४८ वटा देश सहभागी हुँदा १६ वटा थप खेल खेलाउनु पर्ने हुन्छ । तर फाइनलमा पुग्ने २ वटा टिमले फाइनल पुग्दा सम्म जम्मा ६ वटा खेल मात्र खेल्नुपर्नेछ जुन बिगतका खेलहरुमा भैरहेको थियो । ३२ टिमले जम्मा ३ वटा खेल खेल्नेछन ।

फिफा प्रमुख इन्फ़टिनोको मुख्य एजेण्डा विश्वकपमा ४८ टिमलाई सहभागी गराउने रहेको छ । ति थपिने टिमहरु विभिन्न क्षेत्र बाट हुनेछन । एसियाबाट अहिले ५ टिम आउने गरेकोमा ३ टिम थप भएर ८ टिम आउने छन् । अफ्रिकाबाट ५ टिम आउने गरेकोमा ९ टिम आउने छन । उत्तर अमेरिकाबाट ३ टिम आउने गरेकोमा अब ६ टिम आउने छन् । दक्षिण अमेरिकाबाट ५ टिम आउने गरेकोमा अब ६ टिम आउने छन् । त्यस्तै युरोपबाट १३ टिम आउने गरेकोमा अब १६ टिम आउने छन् भने ओसियन क्षेत्र बाट १ टिम हुनेछन । बाँकि टिम छनौटको लागि छुट्टै मिनी प्रतियोगिता गर्ने फिफाको योजना छ । यसबाट थप  देशले बिश्वकपमा सहभागीता जनाउने मौका पाउने छन्  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved