गोल्डेन बुटको प्रतिस्पर्धामा मेस्सीलाई पछ्याउदै एम्बाप्पे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2019 | 11:26:54 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन गोल्डेन बुट प्रतिस्पर्धामा लियोनल मेस्सीका प्रतिस्पर्धीको रुपमा केलियन एमबाप्पे उभिएका छन् । बार्सिलोनाका मेस्सीले यस सिजन ला लिगामा २९ गोल गरिसकेका छन् । उनी ५८ अंकसहित गोल्डेन बुट प्रतिस्पर्धाको शीर्ष स्थानमा छन् । 

मेस्सीलाई पिएसजीका युवा स्ट्राइकर केलिएन एमबाप्पेले २६ गोलसहित पछ्याईरहेका छन् । उनी सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा छन् । 

ला लिगामा बार्सिलोना २८ खेलबाट ६६ अंकसहित शीर्ष स्थानमा छ । लिग वानमा पिएसजी समान २८ खेलबाट ७७ अंकसहित शीर्ष स्थानमा रहेको छ । बार्सा र पिएसजीबाट मेस्सी र एमबाप्पेले अझै समान खेल खेल्नेछन्। सिजनको अन्त्यसँगै गोल्डेन बुट विजेताको छिनोफानो हुनेछ ।

मेस्सीले पाँच पटकको युरोपियन गोल्डेन बुट जितिसकेका छन् । रोनाल्डोले चार पटक जितेका छन् । यस सिजन भने रोनाल्डो मेस्सी र एमबाप्पेभन्दा कमजोर देखिएका छन् । रोनाल्डो यस सिजन गोल्डेन बुट प्रतिस्पर्धाको चौथौं स्थानमा छन् ।

इटालिएन सिरि ए क्लब युभेन्ट्सबाट रोनाल्डोले १९ गोल गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved