बिश्व कप छनौट: भोली बिहान ब्राजिल र अर्जेन्टिना भिड्दै, कहाँ हेर्ने लाइभ 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 10, 2016 | 05:20:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्वकप छनौट खेल अन्तर्गत भोली शुक्रबार बिहान ब्राजिल र अर्जेन्टिना भिड्दै छन् । दक्षिण अमेरिकी महादेशको यो छनौट खेललाई महत्वको साथ हेरिएको छ ।

छनौट चरणमा ४ खेलमा जित र ४ खेलमा हार बेहोरेको अर्जेन्टिना १६ अंक सहित छैठौ स्थानमा छ । अर्जेन्टिनाको २ खेल भने बराबरीमा रोकिएको थियो ।

उता ब्राजिल भने १० मध्ये ६ मा जित र ३ मा बराबरी खेल्दै २१ अंक सहित शिर्ष स्थानमा छ । ब्राजिलले एक खेलमा मात्र पराजय भोगेको छ । छैठौ स्थानमा रहेको अर्जेन्टिनालाई यस खेल जित्दै शिर्ष ५ स्थानमा उक्लन दबाब छ । 

रोमान्चक हुने अनुमान गरिएको यस खेललाई दुई स्ट्राइकर मेस्सी(अर्जेन्टिना)  र नेमार (ब्राजिल) बिचको भिडन्तको रुपमा समेत हेरिएको छ । यी दुवै खेलाडी बार्सिलोनामा आबद्द छन् । 

खेल नेपाली समय अनुसार शुक्रबार बिहान ५:३० बजे सुरु हुने छ।    खेल सोनी सिक्समा लाइभ हेर्न सकिने छ  । 

 भोलि बिहान नै सोहि समुहमा रहेका कोलम्बिया र चिली, उरुग्वे र ईक्वेडर तथा पाराग्वे र पेरु भिड्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved