आइपीएलमा पहिलो अर्धसतक बनाउँदै हैदरावादका कप्तान वार्नरको पुनरागमन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2019 | 05:47:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरले कलकोत्ता नाइट राइडर्सविरुद्ध सिजनकै पहिलो अर्धशतक पनि प्रहार गरेका छन् । गतवर्ष दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल छेडछाड गरेपछि क्रिकेट अस्ट्रेलियाबाट एकवर्षको प्रतिबन्धमा परेका वार्नरले आईपीएलमा उत्कृष्ट पुनरागमन गरेका हुन् ।

उनले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् । यो उनको आइपीएलमा ३७औं अर्धशतक समेत हो । 

वार्नरले २०१६ र २०१७ मा हैदरावादको कप्तानी समेत गरेका थिए । तर, २०१८ मा प्रतिबन्धका कारण उनले आइपीएल खेल्न पाएका थिएनन् । तर यस सिजनको पहिलो खेलमा नै उनले ५३ बलको सामना गर्दै  ९ चौका र ३ छक्काको मद्दतमा ८५ रन जोडे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved