टी २० अन्तर्राष्ट्रिय वरीयतामा सोमपाल र बसन्तको फड्को, पारस खस्किए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2019 | 04:42:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी टी २० अन्तर्राष्ट्रिय वरीयतामा सोमपाल कामी र बसन्त रेग्मीले फड्को मारेका छन् । दक्षिण अफ्रिका र श्रीलङकाबीचको टी २० सिरिज समाप्तीपछि आइसीसीले सार्वजनिक गरेको वरीयता अनुसार बलरतर्फ सोमपालले ३ र बसन्तले २ स्थान सुधार गरेका हुन् । 

नयाँ वरीयताअनुसार सोमपाल ६८औँ र बसन्त ६९औँ स्थानमा छन् । यसअघि दुवै खेलाडी ७१औँ स्थानमा थिए । सोमपाल कामीले अलराउण्डरतर्फ पनि एक स्थान सुधार गर्दै ४९औँ स्थानमा उक्लेका छन् । कप्तान पारस खड्का भने अलराउण्डरतर्फ ३८औँ स्थानमै यथावत छन् । ब्याट्सम्यानतर्फ भने उनी ९२औँ स्थानबाट ९५औँ स्थानमा झरेका छन् । 

टी २० को विश्व वरीयतामा ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो, न्यूजिल्याण्डका कलिन मुनरो दोस्रो र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा छन् । यस्तै बलिङतर्फ अफगानिस्तानका रसिद खान पहिलो, पाकिस्तानका सदाब खान दोस्रो र इंग्ल्याण्डका अदिल रसिद तेस्रो स्थानमा छन् । 

अलराउण्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सेवल पहिलो, बंगलादेशका शकिब अल हशन दोस्रो र अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा छन् ।

टि वरीयतामा पाकिस्तान पहिलो स्थानमा रहँदा नेपाल ४ औँ स्थानमा यतावत छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved