महिला टी–२० लिगः कुन खेलाडी कतिमा विक्रि भए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 04:06:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीएल महिला टी–२० क्रिकेट लिगको अक्सन सकिएको छ । ८० खेलाडी सम्मिलित अक्सनमा प्रतियोगिताका चार टिमले गरेर ५२ खेलाडी अनुबन्ध गरेका छन् । यीमध्ये पहिलो श्रेणीमा रहेका १० खेलाडी मोटो रकममा बिक्रि भएका छन् ।

भैरहवा क्विजले सोनु खड्का, इन्दु बर्मा र बिन्दु रावल, विराटनगर रोरिङ लायोनेसले काजोल श्रेष्ठ र अप्सरी बेगम, धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योती पाण्डे र काठमाडौं सुपर च्याम्पियन्सले ममता चौधरी, सरिता मगर र रोमा थापालाई सर्वाधिक ७५ हजार रुपैयाँमा अनुबन्ध गरेका छन् । 

दोस्रो श्रेणीमा रहेका खेलाडीका लागि ५० हजार र तेस्रो श्रेणीमा रहेकाका लागि २५ हजार अधिकतम रुपैयाँ खर्च गर्न पाईने थियो । ए श्रेणीमा २१ जना, बी श्रेणीमा २५ जना र सी श्रेणीमा ३५ जना खेलाडी थिए ।

धनगढीले सवनम राईलाई ७० हजार, विराटनगरले रिता कुमारी कनौजियालाई ६५ हजार रुपैयाँमा किनेका छन् । भैरहवाले कविता जनोशी र रश्मी शर्मा चौलागाईं, विराटनगरले अञ्जली चन्द, धनगढीले रेखा रावल, काठमाडौंले सुमन खतिवडा, रावती धामी, सुमन विस्ट र मञ्जु कुमारी चौधरीका लागि ५०/५० हजार रुपैयाँ खर्चिएका छन् । भैरहवामा रुबिना क्षेत्री, विराटनगरमा करुणा भण्डारी, धनगढीमा सिता राना मगर र काठमाडौंमा नेरी थापा मार्की खेलाडीका रुपमा रहेका थिए ।

अक्सनमा ५ लाख ७० हजार रुपैयाँ खर्च गर्दै काठमाडौं धेरै खर्च गरेर खेलाडी अनुबन्ध गर्ने टिम बनेको छ । भैरहवाले ५ लाख ५० हजार, विराटनगरले ५ लाख २० हजार र धनगढीले ५ लाख ५ हजार रुपैयाँ खर्च गरेका छन् । एउटा टिमले अधिकतम ६ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । 

प्रतियोगिता आउँदो वैशाख ७ गतेदेखि १४ गतेसम्म विराटनगरमा हुँदैछ । यो प्रतियोगीताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved