फाइनल प्रवेशका लागि नेपाल र लाओस भिड्दै, जान्नुहोस दुवै टिमको अवस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2016 | 08:53:42 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा जारि एएफसी सोलिडारिटी कप अन्तर्गतको फाइनल प्रवेशका लागि नेपालले आज लाओसको सामना गर्दै छ। नेपाल समूह चरणको बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने लाओस समूहमा उप बिजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको हो। 

प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले एक गोल पनि खाएको छैन। उता लाओसले भने तीन खेल मध्य एकमा पराजित र २ मा जित हात पारेको छ। त्यस क्रममा लाओसले ६ गोल गर्दा ५ गोल खाएको छ। 

पांच महिना अघि यी दुई टोलिले एक अर्काको सामना गरेका थिए। उक्त खेल १-१ को बराबरीमा रोकिएको थियो। प्रतियोगितामा यस अघिको खेलमा ब्रुनाईलाई ३-० ले पराजित गर्दै नेपाल जितको प्रभाबमा छ भने उता लाओसले पनि मंगोलियालाई ३-० ले नै पराजित गर्दै जितको प्रभाबमा रहेको छ। तसर्थ दुवै टोलिबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। 

फिफा वरियतामा नेपाल भन्दा लाओस ११ स्थान माथि छ। लाओस १७५ औ स्थानमा छ भने नेपाल १८६ औ स्थानमा रहेको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालको लक्ष्य फाइनल भएको स्पष्ट पारेका छन् । लाओस बलियो प्रतिद्वन्द्वी रहेकाले नेपालका प्रशिक्षक कोजीले नेपालको लक्ष्य फाइनलमा स्थान बनाउने भए पनि लाओसलाई कमजोर नआँक्ने बताए ।      

फाइनल प्रवेशका लागि दुवै टोलिबीचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बजे नागेरी खेल मैदान, कुचिंङमा हुने छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved