फुटबलको नयाँ वरियता सार्वजनिक,कहाँ पुग्यो नेपालको स्थान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2019 | 06:07:58 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले नयाँ वरियता सार्वजनिक गरेको छ । वरियतामा नेपालको स्थान यथावत छ । गत महिना १६१औं स्थानमा रहेको नेपालको ९९६ अंक छ । नेपालसमान अंक भएको भएको बारवाडोस भने नेपालभन्दा एकस्थान अगाडी छ । 

एशियाली वरीयतामा भने इरान अगाडी छ । विश्व वरियतामा २१औं स्थानमा रहेको इरानले एशियामा भने सधैँ वर्चश्व जमाईरहेको छ । विश्व वरियताको २६ औं स्थानमा रहेको जापान एसियामा दोस्रो स्थानमा छ । 

दक्षिण एसियाली वरीयता भने भारत अग्रस्थानमा कायमै छ । भारत अघिल्लो महिनाभन्दा ५ स्थान तल झर्दै १०१ औं स्थानमा पुगेको छ । गएको महिना फिफा वरीयताको शीर्ष १०० भित्र पर्न सफल भारत यस पटक भने त्यसभन्दा एक स्थान तल झरेको छ ।

विश्व वरियतामा १५१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियाली वरीयतामा दोस्रो स्थानमा रहँदा नेपाल भने दक्षिण एसियाको तेस्रो स्थानमा छ । भुटान १८६ र बंगलादेश १८८ औं स्थानमा रहँदा पाकिस्तान २०० श्रीलंका २०१औै स्थानमा रहेका छन् । विश्व वरीयतामा बेल्जियम पहिलो स्थानमा छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved