नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2016 | 05:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मलेशियामा जारी एएफसी सोलिडारिटी कपको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुट आउटमा लाओसलाई ३-० ले पराजित गर्यो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल थपेपछि खेल पुन: बराबरीमा टुंगिएर पेनाल्टी सुट आउटमा गएको थियो ।

सुट आउटमा नेपालका तर्फबाट हेमन गुरुङ , बिक्रम लामा, सुजल श्रेष्ठले गोल गरे । नेपालका कोलकिपर किरण चेम्जोंगले उत्कृष्ट प्रदर्शन गर्दै लाओसका खेलाडीको सबै पेनाल्टी प्रयास विफल पारी दिए । 

खेलमा लाओसले १८ मिनेटमा गोल गरेको थियो, तर बिमल घर्ति मगरले  ४७ मिनेटमा गोल फर्काएका थिए।  थपिएको अतिरिक्त समयको पहिलो हाफमा  अनन्त तामाङले गोल गर्दै नेपाललाई पुन अग्रता दिलाए । तर अतिरिक्त समयको दोस्रो हाफमा लाओसले गोल गर्दै खेल २-२ को बराबरीमा ल्यायो । त्यसपछि भएको पेनाल्टीमा नेपालको उत्कृष्ट प्रदर्शन रह्यो  । 

अब नेपालले उपाधिका लागि ब्रुनाई र मकाउको खेलको बिजता संग प्रतिष्पर्धा गर्ने छ  । 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved