आइपिएलः दिल्ली र बैंगलोर खेल्दै, सन्दीपको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 10:58:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ । 

बैंगलोरको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह ४ः१५ मा सुरु हुनेछ । यसअघिका चार खेलमध्ये दुई खेलमा जित निकालेको दिल्ली आज पनि जितको दाउमा हुनेछ । लगातार हार ब्यहारेको बैंगलोर भने आजको खेलमा जित निकाल्दै आफ्नो खाता खोल्ने लक्ष्यमा हुनेछ । भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहलीको टिम बैंगलोरले हालसम्म कुनै खेल जितेको छैन । 

पछिल्लो ३ खेलमा बलिङ गरेका सन्दीपले ४ विकेट लिएका छन् । त्यसैले दिल्लीले बैंगलोरविरुद्धको खेलमा सन्दीपलाई खेलाउने सम्भावना धेरै छ । दिल्लीको सुरुवाती दुई खेलमा सन्दीपलाई खेलाएको थिएन । इएसपीएन क्रिकइन्फोले सन्दिपलाई सुरुवाती ११ मा राखेको छ भने दिल्लीको वेबसाइटले पनि सन्दिपलाई प्रमुख खेलाडीको रुपमा उल्लेख गरेको छ  ।

यस्तै आइतबार नै हुने अर्को खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ । यी दुईबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved