आईपीएल : कोहलीको टिम बिरुद्द पनि सन्दिप पहिलो रोजाईमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 04:09:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ । व्रत कोहलीको कप्तानीमा रहेको बंगलोरले लगातार ५ खेल हारेको छ  । उनको टोली आज पहिलो जितको खोजिमा हुने छ ।

खेलमा दिल्लीले पहिले टस जितेर बलिंग गर्ने निर्णय गरेको छ  । दुवै टोलीले अघिल्लो खेलको टिमलाई नै निरन्तरता दिएका छन्  । अर्थात सन्दिप आज पनि पहिलो रोजाईमा परेका छन्  ।  यसअघिका चार खेलमध्ये दुई खेलमा जित निकालेको दिल्ली आज पनि जितको दाउमा हुनेछ । 

पछिल्लो ३ खेलमा बलिङ गरेका सन्दीपले ४ विकेट लिएका छन् । त्यसैले दिल्लीले बैंगलोरविरुद्धको खेलमा सन्दीपलाई खेलाउने सम्भावना धेरै छ । दिल्लीको सुरुवाती दुई खेलमा सन्दीपलाई खेलाएको थिएन । 

यस्तो छ आजको टिम : 



यस्तै आइतबार नै हुने अर्को खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ । यी दुईबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved