आइपीएलः बैंग्लोर विरुद्ध १ सय ५० रनको लक्ष्य पछ्याउँदै दिल्ली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 06:07:28 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई १ सय ५० रनको तार्गेट पेश गरेको छ । बैंग्लोरको घरेलु मैदानमा भएको टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको छ ।  

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन जोडे । ३३ बल खेलेका कोहलीले १ चौका र २ छक्काको सहयोगमा यो योगफल बनाएका हुन् । त्यस्तै मोहिन अलिले ३२ रनको योगदान गरे । 

 बलिङतर्फ कगिसो रबडाले सर्वाधिक चार विकेट लिँदा क्रिस मोरिसले दुई तथा सन्दीप लामिछाने र अक्षर पटेलले समान एक÷एक विकेट लिए । दिल्लीले अब जवाफी ब्याटिङ गर्दैछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved