क्रिकेट समर्थक समाजले 'एनसिएसएस कप' गराउने, यस्ता छन् साधारणसभाका निर्णयहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2016 | 11:51:01 AM मा प्रकाशित

laxmi  sunrise bank

९ सदस्यीय कार्यसमिति चयन गर्दै नेपाली क्रिकेट समर्थक समाजको ऐतिहासिक पहिलो बार्षिक साधारणसभा सम्पन्न भएको छ  l शनिबार सम्पन्न साधारण सभाले भानु सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मतिले चयन गरेको हो l 

समितिको उपाध्यक्षमा मिलन श्रेष्ठ, सचिबमा बिमल पौडेल, सह सचिबमा  बिराज घिमिरे , कोषाध्यक्षमा प्रमोद बज्राचार्य र  सदस्यहरुमा तपेन्द्र जोशी , कपिल श्रेष्ठ , नारायण पराजुली र  स्वेता चालिसे चयन भएका छन् l  

 नेपाली क्रिकेट समर्थक समाजमा अहिले ९ सदस्यीय केन्द्रिय कार्यसमिती, २१ संस्थापक सदस्यहरु , २७ आजिबन सदस्य , ७ साधारण सदस्य र ६३ एसोसिएट सदस्यहरु अधिकारिक रुपमा आवद्ध छन भने सामाजिक सन्जालतर्फ फेसबुकमा १ लाख ७७ हजार भन्दा बढी सदस्यहरु रहेको अध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।

साधारणसभाले निम्न निर्णय तथा कार्ययोजना पारित गरेको छ ।  

 

  -सदस्यता बढाउदै लाने

 -कार्यक्रम तय गर्दै प्रायोजक खोज्ने

- ईच्छुक दाता पहिचान गरि समन्वय गर्ने वा हुनसक्ने सम्मको पहल जारी राख्ने

- बैदेशिक समन्वय उपसमिती बनाइ बिदेशस्थित क्रिकेट समर्थकसंग सम्पर्क बिस्तार गर्ने

- हाल गर्दै गरेका   दवाबमुलक कार्यक्रम हरुको साथै सस्थालाई बलियो बनाउन निम्न कार्यक्रम हरु गर्ने

१) NCSS कप को रुपमा संस्थाको पहिचान रहने गरि स्कुल , कलेज , या उमेर समुहमा कुनै एक प्रतियोगीता गराउने

२) संस्थालाई आवस्यक पर्ने अर्थ संकलन तथा कार्यक्रम प्रायोजनको लागि कर्पोरेट सेक्टर सग सम्पर्क र समन्वय गर्ने

३) सदस्यको पहुँच अनुसार प्रत्यक जिल्लामा संस्थाको शाखा बिस्तार गर्दै जाने तथा चितवन लगायत का जिल्लामा तुरुन्तै शाखा बनाउने

४) क्रिकेट सरोकार पक्ष संग थप सम्बन्ध वनाउने

५) ब्यबसायिक क्रिकेट लिग सन्चालन गर्ने व्यक्ति तथा संस्थालाई पुर्ण सहयोग गर्ने

६) क्रिकेटको बिद्ध्यमान समस्या हल गर्न सहयोगी र रचनात्मक भुमिका निर्भाह गर्ने

७) अवसर प्राप्त नगरेका तर क्षमतावान खेलाडी खोजी गर्दै सहयोग गर्ने

८) स्थानिय र जिल्ला स्थित क्रिकेट स्टेकहोल्डरसंग समन्वय गर्दै आवश्यक सहयोग गर्ने

९) समग्र फ्यानहरुको सुझाव सन्कलन गर्दै समर्थकको आवाज सम्बन्धित स्थान (खेलकुद मन्त्रालय, राखेप र क्रिकेट संघ) समक्ष पुर्याउन प्रयत्न गर्ने

१०) क्रिकेट पुर्बाधारहरु निर्माणकार्यमा सहयोग गर्ने जस्तै मुलपानी , टि यु मैदान लगायत का पुर्वाधारहरु समयमा निर्माणको लागि निरन्तर दबाब दिने

११) छरियर रहेका  बिभाजित क्रिकेट फ्यान्स हरुलाइ एकत्रित गर्दै NCSS लाइ देशको क्रिकेट समर्थक हरुको साझा चौतारीको रुपमा बिकसित गर्दै लैजाने

 

के हो नेपाली क्रिकेट समर्थक समाज ?  

क्रिकेट समर्थक समाज खेलकुदमार्फत समाज रुपान्तरण गर्न तथा युवा एकतालाई आत्मसाथ गर्दै लोकप्रिय खेल क्रिकेटको बिकास एबम बिस्तार तथा समग्र नेपाली क्रिकेट समर्थकहरुलाई एकत्रित गर्ने र् नेपाली क्रिकेट समर्थकहरुको साझा संस्थाको रुपमा आफुलाई स्थापित गर्दै लैजाने उद्देस्यले क्रिकेट एसोसियसन अफ नेपाल र् राष्ट्रिय खेलकुद परिषदको अनुमतीमा ' जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ' मा आधिकारिक रुपमा नेपाल अधिराज्यभर कार्यक्षेत्र रहनेगरी स्थापित भएको एक गैर-नाफामुलक ,गैर-राजनैतीक तथा जनहितकारी क्रिकेट समर्थकहरुको संस्था हो ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved