चौहानको 'चौका' ले चम्किएन नेपालको भाग्य, यु-१९ विश्वकप खेल्न अब युएईकै भर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2019 | 03:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाललाई मौसमले साथ नदिंदा आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत यूएईविरुद्धको खेलमा पराजय बेहोरेको छ। बर्षातले खेल रोकिएपछि 'डीएल मेथोड़' बाट लिइएको निर्णयमा नेपाल १ रनले पराजित भएको हो।

नेपालले २४८ रनको लक्ष्य दिएपनि पानि परेपछि खेल ३० ओभरमा सिमित भएको थियो। जसमा पार स्कोरका आधारमा नेपालको १२१ रन हुन आएको थियो र यो अवस्थामा यूएईले १२२ रन बनाएको थियो। यस आधारमा युएईले नेपाललाई १ रनले पराजित गरेको छ। 

आजको खेलमा डेब्यु गरेका हरिबहादुर चौहानले उत्कृष्ट प्रदशन गर्दै ७४ बलमा ६७ रन बनाए। नेपालले २४७ रन जोड्दा भीम सार्कीले ५३, रित गौतमले ४४ रन र आशिफ शेखले २७ रनको योगदान दिएका छन। आजको खेलमा चौहान म्यान अफ दि म्याच बनेका छन।    

त्यस्तै यूएईका लागि रिषभ मुखर्जीले सर्वाधिक ४ विकेट लिँदा मुहम्मद फराजुद्दिनले ३ विकेट लिए । आरोन बेन्यामिन, अलिशान शरार्फ र पलानियापन मियप्पनले समान १-१ विकेट लिए । यूएईका आर्यन लाक्राले विकेट नलिए पनि १० ओभरको स्पेलमा १ मेडन राख्दै जम्मा १७ रन दिए।

बर्षातको कारण पराजय बेहोरेको नेपाल आफ्ना दुई खेलमा एकमा जित र अर्कोमा हार बेहोरेको छ। यससंगै नेपाल अंक तालिकामा २ अंक सहित तेस्रो स्थानमा झरेको छ। त्यस्तै आजको जितसंगै युएई ४ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ। 

नेपालले यु१९ विश्वकप खेल्नलाई युएईको भर पर्नुपर्ने देखिएको छ। नेपालले यु १९ खेल्न युएईले अबको एक खेल गुमाउनुपर्ने हुन्छ भने नेपालले ठुलो अन्तरले अबका सबै खेलमा जित निकाल्नुपर्ने छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved