एकदिवशीय बरियतामा नेपालको फड्को, २ देशलाई पछि पार्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 09:02:27 AM मा प्रकाशित

laxmi  sunrise bank

एकदिवसीय क्रिकेट वरीयतामा नेपाल एक स्थान माथि उक्लेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) निष्काशन गरेको पछिल्लो बरियतामा नेपाल १४औँ स्थानमा उक्लेको हो।

यस अघि नेपाल १३ औ स्थानमा थियो । तर त्यसबीच कुनै खेल पनि नखेली नेपालको स्थान सुधार भएको हो । नेपाल भन्दा माथि रहेको युएईले जिम्बावेसँग लगातार ४ खेल हारेपछि युएई एक स्थान तल र नेपाल एक स्थान माथि पुगेको हो  ।  नेपालले गत माघमा युएईलाई २-१ ले पराजित गर्दै पहिलो पटक एकदिवसीय वरीयतामा स्थान बनाएको थियो । त्यो नै नेपालको पहिलो पहिलो एक दिवशीय सिरीज जित थियो । 

वरीयतामा समावेश १६ राष्ट्रमध्ये नेपालको रेटिङ १५ र प्वाइन्ट १५२ छ। नेपाल भन्दा पछाडि युएई १५औँ स्थानमा छ भने नेदरल्याण्ड्स १६औँ स्थानमा छ।  टी २० मा पनि नेपाल १४औँ स्थानमै छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved