बिजेता बनेको नेपाली राइनोजले पायो ६० हजार अमेरिकी डलर र मित्सुबिशी कार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2016 | 12:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकामा भएको टु टेन क्रिकेट युएसए कपको उपाधि 'नेपाली राइनोस'ले जितेको छ  । गएराती भएको फाइनल खेलमा हस्टन स्पार्क्सलाई फराकिलो ५४ रनले पराजित गर्दै उपाधि हात पारेको हो   । 

टस हारेर पहिले ब्याटिंग गरेको राइनोजले पहिलो इनिंगमा ३ विकेटको क्षतिमा ७३ रन जोड्यो   । स्पार्क्सले आफ्नो पहिलो इनिंगमा ३ विकेटको क्षतिमा ७४ रन जोड्दै १ रनको अग्रता लियो   । 

दोस्रो इनिंगमा राइनोजले १ सय २४ बनाउदै स्पार्कसलाई एक सय ९८ रनको लक्ष्य दियो   । जवाफी ब्याटिंगमा उत्रेको स्पार्कसले अल आउट हुदै एक सय ४३ रन मात्रै बनाउन सक्यो   । 

 नेपाली राइनोजको जितमा कप्तान   पारस खड्काले सानदार ब्याटिङ गर्दै  दुवै इनिन्ग्मा गरी ७७ रन बनाए । त्यस्तै शन फान्डलीले ६१,  सुबास खकुरेलले ३२ रन जोडे भने बलिंग तर्फ   शन फान्डलीले ३  विकेट,  पारस , सोम्पाल र रूस्ती थ्रोनले समान २-२  विकेट लिएका थिए ।

बिजेता राइनोजले ६० हजार अमेरिकी डलर साथै २०  हजार डलर बराबरको मित्सुबिशी कार प्राप्त गरेको छ भने उप बिजेता हस्टनले १८  हजार अमेरीकी डलरमा चित्त बुझाएको छ । राइनोजो तर्फ बाट शन फान्डली म्यान अफ द म्याच घोषित भए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved