आइपीएलमा दिल्ली र मुम्बइ भिड्दै, सन्दीपको सम्भावना कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 03:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा बिहिबार दिल्ली क्यापिटल्स र मुम्बइ इन्डियन्स भिड्दैछन् । दिल्ली नेपाली  लेग स्पेनर सन्दीप लामिछाने आवद्ध टिम हो । आजको खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा बेलुका ८ः१५ बजे सुरु हुनेछ । 

दिल्लीले पछिल्ला ३ खेलमा लगातार जित निकालेको छ । सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको दिल्लीले कोलकता नाइट राइडर्समाथि ७ विकेट र रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ४ विकेटको जित निकालेको थियो । यी तीन मध्ये २ खेलमा सन्दीप बेञ्चमा रहेका थिए । 

 मुम्बइले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ विकेटको जित निकाल्दा पछिल्लो खेलमा राजस्थान रोयल्ससँग ४ विकेटको हार व्यहोरेको थियो । यस्तै किङ्स इलेभेन पन्जाबलाई ३ विकेटले हराएको थियो । 

दिल्ली ५ खेलमा जित र ३ मा हारको नतिजासहित ८ अंकका साथ लिगको दोस्रो स्थानमा छ । मुम्बइको समान खेल र नतिजासहित ८ अंक भए पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ । 

आजको खेलमा पनि सन्दीप प्लेइङ–११ मा पर्ने सम्भावना न्युन छ । पछिल्ला खेलमा उनको प्रदर्शन महङ्गो सावित हुँदै गएपछि कप्तान श्रेयस ऐयरले दुई खेलमा उनलाई बेन्चमा राखेका थिए ।  सन्दीपले आफूले खेलेका ४ खेलमा ५ विकेट लिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved