आईपीएलमा दिल्लीद्धारा पन्जाब पराजित, सन्दीप ‘स्टाइलिस प्लेयर’ घोषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2019 | 10:10:57 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनायो । 

जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ । दिल्ली तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ । 

दिल्लीको तर्फबाट कप्तान श्रेयस अएरले ४५ बलको सामना गर्दै सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । हालसम्म आईपीएलको जारी सिजनमा उनले १२ अर्धशतक बनाईसकेका छन् । पृथ्वी शाले ११ बलमा १३ रन, शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए । 

पन्जाबका लागी हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए । 

दिल्लीका लागी सन्दीप लामिछानेले ४० रन खर्चेर ३ विकेट लिए । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २/२ विकेट लिए ।सन्दीपले स्टाइलिस प्लेयर अफ द म्याच बन्दै एक लाख भारु पुरस्कार समेत पाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved