एकै पटक दुई उपाधि नजिक बार्सिलोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 12:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आलाभेसमाथि २–० को जित निकालेको छ । मंगलबार राति आलाभेसलाई उसकै घरेलु मैदानमा बार्साले पराजित गरेको हो । बार्साको जितमा काल्र्स एलिना र लुईस स्वारेजले एक/एक गोल गरे । 

यो जितसँगै बार्सिलोना ला लिगाको २६ औं उपाधि नजिक पुगेको छ । ४ खेल खेल्नबाँकी बार्साले एक खेल जिते उपाधि हात पार्नेछ । आगामी खेलमा बार्साले लिभान्टेसँग प्रतिस्पर्धा गर्दैछ । 

बार्सिलोनाले कुनै खेल नखेले पनि उपाधि हात पार्ने अवस्था छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड बुधबार राती हुने  भ्यालेन्सियासँगको खेलमा पराजित भएमा बार्साले कुनै खेल नखेलेपनि उपाधि जित्नेछ । 

ला लिगामा बार्सिलोना ८० अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिकोको ६८ अंक छ । रियल मड्रिड ६४ अंकसहित तेस्रो स्थानमा छ । 

बार्सिलोना कोपा डेल रे कपको पनि उपाधि नजिक छ । फाइनलमा बार्सिलोनाले भ्यालेन्सियासँग खेल्दैछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved