च्याम्पियन्स लिग जित्न नेइमार भित्र्याउदै म्यान सिटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 05:03:49 PM मा प्रकाशित

laxmi  sunrise bank

इंग्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिलियन स्टार नेइमारलाई भित्र्याउने भएको छ । युरोपियन च्याम्पियन्स लिगबाट आउट भएपछि सिटीले विश्वकै सर्वाधिक महँगा खेलाडी नेईमारलाई अनुबन्ध गर्ने तयारी थालेको हो । 

अघिल्लो साता च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लिग प्रतिस्पर्धी टोटनह्यामसँग पराजित भएर बाहिरिएपछि सिटिले अर्को सिजन ठूला उपाधि जित्ने योजनासाथ नेइमार अनुबन्ध गर्ने तयारी थालेको हो ।

२७ वर्षीय नेइमार हाल फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका छन् । उनी २ वर्षअघि बार्सिलोनाबाट २२२ मिलियन युरोमा पिएसजी पुगेका थिए । बार्सिलोनामा लियोनल मेस्सीको छायाँमा परेको भन्दै स्पेन छाडेका नेइमारले फ्रान्समा सफलता नपाएपछि नयाँ विकल्पको खोजीमा रहेको बताइन्छ । 

बार्सिलोनाका पूर्वप्रशिक्षकसमेत रहेका पेप ग्वार्डिओलाको योजनामा सिटीले नेइमार भित्र्याउन चाहेको हो । सिटीले नेइमार भित्र्याउने डिलमा आफ्नो टोलीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरो पिएसजीलाई दिने सम्भावना पनि बढि रहेको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved