एएफसी सोलिडारिटी कप: नेपाल र मकाउबिचको फाइनल खेल डिशहोममा लाइभ हेर्न पाइने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 11:52:38 AM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी सोलिडारिटी कप अन्तर्गतको खेलमा उपाधिका लागि नेपालले आज मकाऊको सामना गर्दै  छ।  यस खेलको डिशहोमको डिशहोम स्पोर्टस् (च्यानल नं १०३) ले प्रत्यक्ष प्रशारण गर्ने छ । यो खेल  सम्पूर्ण प्याकेजका ग्राहकहरुले निःशुल्क हेर्न पाउने डिशहोमले जनाएको छ ।  डिशहोम संगै एएफसीको आधिकारिक युट्युब च्यानलबाट पनि खेल लाइभ हेर्न सकिने छ  । खेलको एएफसीको आधिकारिक युट्युब च्यानलले पनि प्रत्यक्ष प्रशारण गर्ने छ ।

सेमिफाइनलमा नेपालले लाओसलाई र मकाऊले ब्रुनाईलाई पराजित गर्दै दुवै टोलीको फाइनलको यात्रा तय भएको हो। 

 

एसियाली स्तरको प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेको नेपालले लाओसलाई ट्राइब्रेकरमा ३-० ले पराजित गरेको होथियो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलि १-१ को बराबरीपछी थप गरिएको अतिरिक्त ३० मिनेटमा समेत २-२ को बराबरीमा रोकिएपछी खेल पेनाल्टीसुट आउटमा पुगेको थियो। पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदशन गर्दै लाओसका दुई खेलाडीको प्रहार बिफल बनाएका थिए। टाइब्रेकरमा नेपालका लागि अघिल्लो तीन वटा गोल हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गरेका थिए। 

प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले लाओससंग २ गोल खाएको छ भने प्रतियोगितामा अहिलेसम्म ८ गोल (पेनाल्टी सुट आउटमा गरेको गोल सहित) गरेको छ।

उता मकाऊले भने ४ खेल मध्य १ मा बराबरी र ३ मा जित हात पारेको छ। त्यस क्रममा मकाउले १२ गोल (पेनाल्टी प्रहारको ४ गोल सहित) गर्दा ७ गोल खाएको छ। 

 म्याच फिक्सिंगको आरोप लागेपछि नैतिक दबाबमा परेको नेपाली टोलिका लागि यो उपाधि प्रतिष्ठाको बिषय रहने छ। मकाउलाई पराजित गर्दै  नेपाल एक बर्षको बीचमा अन्तर्राष्ट्रिय प्रतियोगिताको ह्याट्रिक गर्ने सोचमा  छ । यसअघि नेपालले गत माघमा बंगलादेशको बंगबन्धु गोल्डकप र भारतमा सम्पन्न साग गेम्स अन्तर्गत फुटबलमा स्वर्ण जितेको थियो ।

नेपालले मकाउसँग यसअघि ५ पटक खेलेको छ । जसमा तीन खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । एक खेलको नतिजा मकाउको पक्षमा थियो । उपाधिका लागि दुवै टोलिबीचको खेल नेपाली समयअनुसार मंगलवार ५ :१५ मा सर्वाक खेल मैदान, कुचिंङमा हुने छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved