गोल्डेन बुटमा मेस्सी एक्ला दाबेदार, प्रतिद्धन्दी एमबाप्पेमाथि प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 01:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन गोल्डेन बुटमा यो सिजन स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सीले जित्ने सम्भावना चुलिएको छ । मेस्सीलाई पछ्याइरहेका फ्रेन्च क्लब पिएसजीका फरवार्ड केलियन एमबाप्पे प्रतिबन्धमा पर्ने भएपछि गोल्डेन बुट होडको दौडमा मेस्सीलाई सहज भएको छ ।

३ दिनअघि फ्रेन्च कप फुटबलमा पिएसजीले उपाधि भिडन्तमा रेनेजसँगको खेलमा एमबाप्पेले रातो कार्ड पाएका थिए । एमबाप्पेले ९० मिनेटपछि थप गरिएको समय (११८औं मिनेट) मा रातो कार्ड खाएर मैदान छाडेका थिए ।

निर्धारित र थप समयमा समेत खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । सडन डेथका आधारमा रेनेजले पिएसजीलाई निराश बनाउँदै उपाधि जित्यो ।

सो खेलमा पाएको रातो कार्डको असर एमबाप्पेलाई अब लिग वानमा पनि पर्ने भएको हो । फ्रान्सको फुटबल संघको नियमअनुसार घरेलु प्रतियोगिताअन्तर्गत जुन प्रतियोगितामा रातो कार्ड पाए ९प्रतिबन्धमा परे० पनि त्यसपछिका अन्य घरेलु प्रतियोगिताका खेलमा प्रतिबन्ध लाग्छ । किनभने, लिग वान र फ्रेन्च कप दुवै फ्रान्स फुटबल संघद्वारा स्थापित प्रतियोगिता हुन् ।

फ्रेन्च कपको फाइनलमा एमबाप्पेले रातो कार्ड पाएकाले उनीमाथि अब लिग वानमा प्रतिबन्ध लाग्ने भएको हो । एमबाप्पेमाथि रातो कार्डका कारण लिग वानमा प्रतिबन्ध लाग्ने पक्का भए पनि कति खेलसम्म लाग्ने भन्ने टुंगो लागको छैन । यसको निर्णय  बिहीबार हुनेछ । फ्रान्स फुटबल संघको नियमअनुसार सोझै रातो कार्ड पाएपछि खेलाडीमाथि २ देखि बढी ३ खेलमा प्रतिबन्ध लाग्न सक्छ ।


लिग वानमा हाल ५ खेल बाँकी छन् । पिएसजीले आज राति मोन्टेपेलिएरसँग खेलेपछि बाँकी ४ खेल रहनेछन् । यदि एमबाप्पेमाथि २ खेलको मात्रै प्रतिबन्ध लागे उनले आज रातिको खेलपछि मे ४ मा हुने ओजिसी नाइस र मे ११ म हुने एगंर्सविरुद्धको खेल गुमाउनेछन् । त्यसपछि उनी मे १८ मा हुने डिजोनविरुद्धको खेलमा मैदान फर्किनेछन् । र, उनले २ खेल मात्रै खेल्नेछन् ।

एमबाप्पे लिग वानमा प्रतिबन्ध पर्ने भएपछि गाल्डेन बुट दौडमा उनलाई घाटा हुने भएको छ । हाल युरोपमा टप–५ लिगमा बार्सिलोनाका मेस्सी ३४ गोलसहित पहिलो नम्बरमा छन् । त्यसपछि पिएसजीका एमबाप्पे ३० गोलसहित दोस्रोमा छन् । 

आज राति मोटेपेलिएरविरुद्धको खेलमा थप गोल गरेर उनले मेस्सीसँगको गोल दूरी घटाउने सम्भवना छ । तर, त्यसपछि सम्भावित २ खेलको प्रतिबन्ध भने उनका लागि घातक बन्नेछ । 

यता ला लिगामा अब ३ खेल बाँकी छन् । जसमा मेस्सीले कम्तीमा २ खेल खेल्नेछन् । उनले २ खेलमा थप गोल गरेर गोल संख्या बढाउन सक्छन् । 

मेस्सी यो सिजन पनि गोल्डेन बुट जितेर कीर्तिमानी छैटौंपटक यो व्यक्तिगत अवार्ड जित्ने दौडमा छन् । उनले सन् २००९–१०, २०११–१२, २०१२–१३, २०१६–१७ र २०१७–१८ मा गरी ५ पटक गोल्डेन बुट जितिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved