लिभरपुलमाथि बार्सिलोनाको शानदार जित, मेस्सीको दुर्लभ किर्तीमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 10:29:34 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस बार्सिलोनाले शानदार जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान घरेलु मैदान क्याम्प नोउमा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलविरुद्ध ३–० को जित निकालेको हो ।

९८ हजार घरेलु दर्शकमाझ बार्सिलोनाको जितमा मेस्सी नायक सावित भए । उनले व्यक्तिगत २ गोल गरे । खेलको २६औं मिनेटमा उरुग्वेन फरवार्ड लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा १–० ले अघि थियो । 

खेलको ७५औं मिनेटमा स्वारेजले बक्स भित्रबाट हानेको प्रहार बारमा लाग्दै फर्किएको बलमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोनाले २–० को अग्रता बनायो । त्यसपछि खेलको ८२औं मिनेटमा बार्सिलोनाले फ्रि किक पाएको थियो । मेस्सीले ‘ट्रेडमार्क’ फ्रि किक गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले अघि भयो । त्यसपछि बाँकी समयमा लिभरपुलले गोल गर्न नसक्दा खेल बार्सिलोनाले ३–० ले जित्यो । 

यो खेलमा २ गोल गरेपछि ३१ वर्षीय मेस्सीले एकै सिजनमा सबैभन्दा बढी फ्रि किक गोलको रेकर्ड पनि कायम गरेका छन् । मेस्सीले यस सिजन फ्रि किकबाट सोझै ८ गोल गरेका छन् । गत सिजन मेस्सीले ७ गोल फ्रि किकबाट गरेका थिए ।

गत रातिको २ गोलसँगै मेस्सीले बार्सिलोनाका लागि ६००औं गोलको कोसेढुंगा समेत पारे गरेका छन् ।

यससँगै बार्सिलोनाले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । यदि दोस्रो लेगमा लिभरपुलले कम्तीमा ४–० ले बार्सालाई हराउनुपर्नेछ । दोस्रो लेगको खेल आगामी मे ७ मा लिभरपुलको घर एनफिल्डमा हुनेछ । सो खेलमा बार्सिलोना ०–२ ले हारे पनि फाइनल पुग्छ भने लिभरपुललाई ९० मिनेटमै जित्न कम्तीमा ४–० को जित चाहिन्छ । 

यदि बार्सिलोनाले उसको घरमा कम्तीमा १ गोल मात्रै गरेको खण्डमा एग्रीगेटमा बार्सिलोनालाई पछि पार्न लिभरपुलले कम्तीमा ५ गोल गर्नुपर्ने हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved