सोलिडारिटी कप बिजेता प्रत्येक सदस्यलाई तीन–तीन लाख दिने सरकारको घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 09:24:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी सोलिडारिटी कपको उपाधि जितेर इतिहास रचेको नेपाली टिमका खेलाडीलाई खेलकुद मन्त्रालयले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको छ । 

एसियाली फुटबल संघले आयोजना गरेको प्रतियोगितामा पहिलो पटक च्याम्पियन बनेको नेपाली टोलिलाई प्रोत्साहन स्वरुप जनही तीन लाख नगद पुरस्कार दिन लागिएकाे युवा तथा खेलकुद मन्त्री दलजीत श्रिपाइलीका स्वकिय सचिव रविन्द्र साँउदले बताएका छन् । 

मलेसियाको कुचिङस्थित कुचिङ सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाऊलिई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो।  पहिलाे हाफको खेलमा नेपालका लागि सुजल श्रेष्ठले २९ अाैं मिनेटमा हेडमार्फत गाेल गरे । उनले भरत खवासकाे पासमा गाेल गरेका हुन् । एएफसी उपाधिसंगै एक बर्षमा नेपाललाई लगातार तेस्रो ठुलो जित प्राप्त भएको छ।  
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved