राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2016 | 11:26:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अन्योलमा छ ।  खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण सातौँ राष्ट्रिय खेलकुद प्रतीयोगिता अझै अन्योलमा परेको हो । गत मङ्सिर ८ गतेदेखि सुरु हुने भनिएको सो खेल स्थगित भइसके पनि नयाँ मिति तय भएको छैन ।

खेलकुद आयोजना गर्नका लागि रु २३ करोड सरकारले बजेट छुट्याएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुने मुख्य ठाउँ विराटनगरको सहिद रङ्गशाला हो । सो रङ्गशालाको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

पटकपटक प्रतियोगिता स्थगित हुँदा खेलाडी असन्तुष्ट बन्दै गएका छन् । कराँते खेलाडी राम लिम्बूको साताँै राष्ट्रिय खेलकुद प्रतियोगितामा भागलिने ठूलो इच्छा थियो । तर पटकपटक प्रतियोगिता स्थगित हुँदा खेलकुद प्रतियोगिता नै पो नहुने हो कि भन्ने लिम्बूलाई चिन्ता छ । हरेक दुई वर्षमा हुनपर्ने राष्ट्रिय प्रतियोगिता २०६८ सालमा धनगढीमा भएको थियो ।

त्यसपछि पूर्वाञ्चलमा हुने भएको सो खेलकुद प्रतियोगिताको मिति पटकपटक तय हुँदै स्थगित हुँदै आएको थियो । तर सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पर्क कार्यालयका प्रमुख लवभक्त श्रेष्ठले मङ्सिरभित्रै सो खेलकुद प्रतियोगिता आयोजना हुने बताए । उनले भने, ‘मङ्सिरभित्रैमा सो खेलकुद प्रतीयोगिता आयोजना हुन्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved